ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको उल्लेख छ ।
तर, हाल बजारमा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भैरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर (१४.२ केजीको) रु १,८९५ मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य विल लिन आम उपभोक्ताहरूमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैर कानूनी भएकाले त्यस्तो कार्य नगर्न नगराउनु सम्बन्धित सबैमा पनि संघले जानकारी गराएको छ । कानून विपरित ग्यास विक्री गरेको पाईएमा सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउन पनि संघले आम उपभोक्ताहरूमा सूचित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण