कांग्रेसका पुराना नेता ६९ वर्षीय लालीप्रसाद मेहताको निधन
विराटनगर । सुनसरी देवानगञ्ज १ निवासी कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको मंगलबार निधन भएको छ ।
देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका ६९ वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
मेहतलाई हृदयघातपछि हिजो अस्पताल भर्ना गरिएको थियो । पञ्चायतकालमा उपप्रधानपञ्च भएका लालिप्रसाद बहुदल आएपछि मध्यहर्षाही गाविसका अध्यक्ष समेत भए । हाल उनी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् भने पूर्व जिल्ला सदस्य समेत भएका छन् ।
सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस जोगाउन मेहताले सशक्त भूमिका खेलेका उनका निकटहरु बताउँछन् । मधेस आन्दोलनको समयमा धेरै नेता कार्यकर्ता मधेसवादी पार्टीमा जाँदा मेहता भने कांग्रेसमै रहेका थिए । मेहताको निधनपछि सुनसरी कांग्रेसलाई ठूलो क्षति पुगेको नेता राजिव कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण