पोखरामा पीएम कप महिला टी–२० क्रिकेट छनोट सुरु
पोखरा । पोखरामा पीएम कप महिला टी–२० क्रिकेट छनोट सुरु भएको छ । क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि छनोट सुरु भएको हो ।
उद्घाटन खेलमा स्याङ्जाले पर्वतलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । स्याङ्जाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा पर्वत ११.१ ओभरमा सबै विकेट गुमाएर १५ रनमै अल आउट भयो ।
स्याङ्जाले निर्धारित २० ओभरमा १ विकेट मात्रै गुमाएर १२५ रन जोडेको हो । स्याङजाका लागि अञ्जली शर्माले ६० वर्षमा ८४ रन जोडिन् भने सीमाना केसीले ३८ तथा सेरिना थापाले १३ रन जोडे । श्रेया शाहीले २० रन बनाएर बोल्ड भइन् । पर्वतकी एञ्जल अधिकारीले ३ रनमात्रै बनाउन सकिन् । अधिकांश खेलाडीहरु शून्य रनमा पेभिलियन फर्किए । पर्वत पहिलो पटक सहभागी भएको हो ।
पीएम कप महिला टी–२० क्रिकेट छनौटमा स्याङ्जा र पर्वतसँगै कास्की र नवलपुर ४ टिमको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पीएम कपमा विगतको इतिहासलाई कायम गर्न गण्डकी अव्वल हुने बताए ।
पहिलो पटक महिलाको अम्पाएरिङ गर्ने
प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा पहिलो पटक महिलाले अम्पाएरिङ गर्ने भएकी छिन् । केही समयअघि पोखरामा भएको ओ लेभलको अम्पाएरिङ प्रशिक्षण लिएकी सोनिका थापाले बुधबारको खेल खेलाउने छिन् । गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले महिला अम्पाएरिङ नेपालमै पहिलो हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण