शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

परीक्षामा फेल गराइएको भन्दै विद्यार्थीहरु आन्दोलित

मङ्गलबार, २६ मङ्सिर २०८०, २१ : १४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नियोजित रुपमा बारम्बार फेल गराइएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीहरुलाई बारम्बार नियोजित रुपमा नै फेल गराउँदै आएको भन्दै विद्यार्थीहरुले आन्दोलन थालेका हुन् ।

आफूले निर्धक्क साथ परीक्षा दिएको विषयमा बारम्बार, सुनियोजित र मनपरी ढंगले, फेल गराइएको भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले परीक्षा बोर्ड र विश्वविद्यालय समक्ष आफ्नो उत्तर पुस्तिकाको प्रतिलिपि  हेर्न पाउनुपर्ने माग अघि सारेका छन् ।

विद्यार्थीहरुले संघर्ष समिति नै गठन गरेर रिले अनसन गर्नुका साथै विरोध प्रदर्शन समेत थालेका हुन् । कृषि संकायमा २०७५/०७६ देखि २०७९/८० ब्याचको पाँचौँ सत्रान्तको मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको थियो । त्यसमा पुनः अधिकांश विद्यार्थी फेल भएका छन् । यसरी पटक पटक परीक्षा दिँदा पनि विद्यार्थी फेल हुनुमा चरम लापरवाही देखिएको उनीहरुको भनाई छ ।

मंसिर २२ गते पीडित विद्यार्थी, विभिन्न संघ संगठनले सोही परीक्षाफल सम्बन्धी विभिन्न माग राख्दै ध्यानाकर्षण गराएका थिए । ती समस्याको समाधानका कुनै पनि कदम चाल्ने आश्वासन जिम्मेवार पदाधिकारीबाट नआएको भन्दै तीन विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् ।

अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । विद्यार्थीको सोही उत्तर पुस्तिका अनिवार्य रुपमा पुनः परीक्षण हुनुपर्ने, विद्यार्थीले आफ्नो उत्तर पुस्तिका हेर्ने पाउनुपर्ने र सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको रोकिएको परीक्षाफल तत्काल सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । ती मागहरु सम्बोधन नभएको भन्दै आन्दोलन थालिएको अनेरास्ववियुका अध्यक्ष एकराज पराजुलीले बताए ।

विषय शिक्षक तथा विश्वविद्यालयको चरम लापरबाहीका कारण विद्यार्थीहरु पटक पटक मौका परीक्षा दिँदा समेत फेल हुने गरेको उनको भनाई छ ।

‘यसमा विद्यार्थीले नलेखेर वा नजानेर भन्दा पनि नियोजित रुपमा नै फेल गराउने मनसाय देखिन्छ । त्यसैले हामीले उत्तर पुस्तिका नै हेर्न पाउनुपर्छ भनिरहेका छौं । तर, मानिरहेका छैनन्’, उनले भने । 

WhatsApp Image 2023-12-10 at 9.22.12 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप