भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो ।
प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उनको विश्वास छ ।
सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए । विगतमा यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था धाउनु पर्दथ्यो । वडामै प्रसूति सेवा केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण