मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’

बुधबार, २७ मङ्सिर २०८०, ०७ : ५५
बुधबार, २७ मङ्सिर २०८०

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । 

लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा  र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, “कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।” पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उनको भनाइ थियो ।

“पार्टीभित्रको खाडल चिर्दै एकता र आत्मीयता बढाउँदै कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने । सङ्घीयता कांग्रेसको एजेण्डा नभए पनि कांग्रेस, एमाले, माओवादी र तत्कालीन मधेसवादी दलबीचको सहमतिअनुसार कांग्रेसले सङ्घीयता मानेको उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र बस्तीको समस्या रहेको बताए । घर भएको ठाउँमा सडक लैजाने कि सडक भएको ठाउँमा घर बनाउने भन्ने समस्या रहेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले यो समस्याको हल गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, डा टकराज गुरुङ, टीका बस्याल, पार्वती तामाङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप