बेन्जेमाले रचे नयाँ इतिहास
रियाद । करिम बेन्जेमा चारवटा फिफा क्लब विश्वकप प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२३ को क्लब विश्वकपमा अक्ल्याण्ड सिटीलाई ३–० ले हराउने क्रममा गोल गर्दै बेन्जेमाले यो उपलब्धि हासिल गरेका हुन् ।
बेन्जेमाले रोमारिन्हो र चेल्सीका पूर्व मिडफिल्डर एन्गोलो कान्टेपछि टोलीका लागि तेस्रो गोल गरेका थिए । १० वटा क्लब विश्वकपका खेलहरूमा बेन्जामाको यो पाँचौँ गोल थियो । ३५ वर्षीय खेलाडी छैटौँपटक क्लब विश्वकप प्रतियोगिता खेल्दैछन् । यसअघि उनले पाँचपटक रियल मड्रिडबाट यो प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले यसअघि खेलेका सन् २०१४, २०१६, २०१७, २०१८ र २०२२ का सबै प्रतियोगितामा जीत हासिल गरेका छन् ।
साउदी प्रो लिग विजेता अल–इतिहादले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दैछ । टोलीले दोस्रो चरणमा अफ्रिकाको प्रतिनिधित्व गरिरहेको इजिप्ट अल एल्हीसँग भिड्नेछ । यस खेलको विजेताले कोपा लिबटार्डोस विजेता फ्लुमिनेसेसँग सेमिफाइनल खेल्नेछ ।
युरोपियन च्याम्पियन म्यानेस्टर सिटी प्रतियोगिताको सेमिफाइनल चरणबाट प्रवेश गर्नेछ । टोलीले मेक्सिको र जापानको उरावा रेड डाइमन्ड्सबिचको विजेतासँग १९ डिसेम्बरमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण