आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेन्जेमाले रचे नयाँ इतिहास

बुधबार, २७ मङ्सिर २०८०, ११ : १७
बुधबार, २७ मङ्सिर २०८०

रियाद । करिम बेन्जेमा चारवटा फिफा क्लब विश्वकप प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२३ को क्लब विश्वकपमा अक्ल्याण्ड सिटीलाई ३–० ले हराउने क्रममा गोल गर्दै बेन्जेमाले यो उपलब्धि हासिल गरेका हुन् ।

बेन्जेमाले रोमारिन्हो र चेल्सीका पूर्व मिडफिल्डर एन्गोलो कान्टेपछि टोलीका लागि तेस्रो गोल गरेका थिए । १० वटा क्लब विश्वकपका खेलहरूमा बेन्जामाको यो पाँचौँ गोल थियो । ३५ वर्षीय खेलाडी छैटौँपटक क्लब विश्वकप प्रतियोगिता खेल्दैछन् । यसअघि उनले पाँचपटक रियल मड्रिडबाट यो प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले यसअघि खेलेका सन् २०१४, २०१६, २०१७, २०१८ र २०२२ का सबै प्रतियोगितामा जीत हासिल गरेका छन् ।

साउदी प्रो लिग विजेता अल–इतिहादले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दैछ । टोलीले दोस्रो चरणमा अफ्रिकाको प्रतिनिधित्व गरिरहेको इजिप्ट अल एल्हीसँग भिड्नेछ । यस खेलको विजेताले कोपा लिबटार्डोस विजेता फ्लुमिनेसेसँग सेमिफाइनल खेल्नेछ ।

युरोपियन च्याम्पियन म्यानेस्टर सिटी प्रतियोगिताको सेमिफाइनल चरणबाट प्रवेश गर्नेछ । टोलीले मेक्सिको र जापानको उरावा रेड डाइमन्ड्सबिचको विजेतासँग १९ डिसेम्बरमा खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप