दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ ।
हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यान तानेको छ । कतिपयले दीपिकाको दृश्यको चर्चा गरेका छन् । सामाजिक संजालमा दीपिका ट्रोल समेत बनिरहेकी छन् ।
कतिपयले त दीपिकाले फिल्मको माध्यमबाट फाइटरको अपमान गरेको आरोप लगाएका छन् । कयौँ सामाजिक प्रयोगकर्ताले उनको किसिङ र बिकनी दृश्यमा प्रश्न उठाएका छन् ।
एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘फाइटरको टिजरले फाइटरकै अपमान गर्दैछ । हरेक देश र क्लयरको एक मान्यता हुन्छ । हाम्रो कुनैपनि बहादुर भारतीय एयरफोर्स वुमन पाइलटलाई यो प्रस्तुति दिने छुट छैन ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ तपाईको भित्र केही शर्म बचेको होला । हरेक फिल्ममा तपाई महिलालाई तल गिराई रहनु भएको छ । बाहिरको मतलव छैन, कमसेकम वुमन फाइटरलाई त बदनाम नगर्नुस् ।’
यस अगाडि फिल्म ‘पठान’मा दीपिकाको अरेन्ज बिकिनी बिवादमा परेको थियो । यो फिल्ममा उनको भुमिकामै प्रश्न उठेको छ ।
सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी २०२४ मा रिलिज हुनेछ । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर, करण सिंह ग्रोवर, सान्दीदा शेख र अक्षय ओबरोयको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण