बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप

बुधबार, २७ मङ्सिर २०८०, ११ : ३५
बुधबार, २७ मङ्सिर २०८०

मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ । 
हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यान तानेको छ । कतिपयले दीपिकाको दृश्यको चर्चा गरेका छन् । सामाजिक संजालमा दीपिका ट्रोल समेत बनिरहेकी छन् ।

कतिपयले त दीपिकाले फिल्मको माध्यमबाट फाइटरको अपमान गरेको आरोप लगाएका छन् । कयौँ सामाजिक प्रयोगकर्ताले उनको किसिङ र बिकनी दृश्यमा प्रश्न उठाएका छन् ।

एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘फाइटरको टिजरले फाइटरकै अपमान गर्दैछ । हरेक देश र क्लयरको एक मान्यता हुन्छ । हाम्रो कुनैपनि बहादुर भारतीय एयरफोर्स वुमन पाइलटलाई यो प्रस्तुति दिने छुट छैन ।’ 
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ तपाईको भित्र केही शर्म बचेको होला । हरेक फिल्ममा तपाई महिलालाई तल गिराई रहनु भएको छ । बाहिरको मतलव छैन, कमसेकम वुमन फाइटरलाई त बदनाम नगर्नुस् ।’

यस अगाडि फिल्म ‘पठान’मा दीपिकाको अरेन्ज बिकिनी बिवादमा परेको थियो । यो फिल्ममा उनको भुमिकामै प्रश्न उठेको छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी २०२४ मा रिलिज हुनेछ । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर, करण सिंह ग्रोवर, सान्दीदा शेख र अक्षय ओबरोयको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप