बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झडपको आशंकामा वीरगन्ज महानगरमा प्रहरी परिचालन, तस्बिरहरु

बुधबार, २७ मङ्सिर २०८०, १४ : ४०
बुधबार, २७ मङ्सिर २०८०

पर्सा । झडपको आशंकामा वीरगन्ज महानगरपालिकामा प्रहरी परिचालन गरिएको छ । वीरगन्ज महानगरपालिकामा पञ्जिकरणा शाखाको विषयमा   विवाद हुँदा झडप सिर्जना हुनसक्ने आशंकामा प्रहरी परिचालन गरिएको हो । 

बुधबार बिहानदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । 

यस्तै महानगर प्रमुख राजेशमा सिंह र उपप्रमुख ईम्तियाज आलमका  सर्मथकहरुको पनि उपस्थित रहेको छ । 

यसअघि उपप्रमुख आलमको कार्यकक्षसँगै रहेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको कार्यकक्ष महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्ष नजिक सारेपछि विवादको सुरुवात भएको थियो । 

उपप्रमुख आलमले महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफूलाई जानकारी नगराई कार्यकक्ष अन्यत्र सारिएको आरोप लगाएका छन् । तर नगरप्रमुख राजेशमान सिंहले भने पञ्जिकरण शाखा साँघुरो भएकोले पुरानो प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा सारिएको बताएका छन् ।

birganjbirganj1birganj2birganj3birganj5birganj6birganj8birganj9birganj10birganj11birganj13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप