राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्छ : उपसभापति गुरुङ
बुधबार, २७ मङ्सिर २०८०, १४ : ५६
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् । कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठकमा राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने आवाज उठेको उपसभापति गुरुङले बताए ।
बैठकको बिचमै बाहिरिएका गुरुङले भने, ‘राष्ट्रियसभामा पटकपटक अवसर पाएकालाई नभई नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ ।’
आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको १९ पदका लागि निर्वाचन हुँदै छ । सत्ता गठबन्धनमा कांग्रेसले ९ सिट पाउने अनौपचारिक छलफलका बिच शेखर–गगन समूहको बैठक बसेको छ ।
उक्त समूहले कम्तीमा ३ जना आफूहरूले पाउनुपर्ने अडान राखेको छ । यस्तै उपसभापति गुरुङले शेखर–गगन समूह एक ढिक्का रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण