राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्छ : उपसभापति गुरुङ
बुधबार, २७ मङ्सिर २०८०, १४ : ५६

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् । कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठकमा राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने आवाज उठेको उपसभापति गुरुङले बताए ।
बैठकको बिचमै बाहिरिएका गुरुङले भने, ‘राष्ट्रियसभामा पटकपटक अवसर पाएकालाई नभई नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ ।’
आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको १९ पदका लागि निर्वाचन हुँदै छ । सत्ता गठबन्धनमा कांग्रेसले ९ सिट पाउने अनौपचारिक छलफलका बिच शेखर–गगन समूहको बैठक बसेको छ ।
उक्त समूहले कम्तीमा ३ जना आफूहरूले पाउनुपर्ने अडान राखेको छ । यस्तै उपसभापति गुरुङले शेखर–गगन समूह एक ढिक्का रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते