आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित २ युवक पक्राउ

बुधबार, २७ मङ्सिर २०८०, २२ : ११
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित २ युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती टोलीले सिरहा मिर्चैया नगरपालिका ५ बस्ने १८ वर्षीय रुपेश पासवान र सिरहा नगरपालिका ५ बस्ने २४ वर्षीय कृष्णाकुमार यादवलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादव र पासवानलाई चेकजाँच गर्दा पासवानको खल्तीबाट १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरे बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप