पाँच महिनामा दुई हात्ती मृत फेला
झापा । बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताए । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।
झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन् । यसअघि गत २४ असोजमा भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनको कमलधाम सिमसार क्षेत्रमा वयस्क हात्ती मृत्त भेटिएको थियो । सिमसारको दलदलमा आधा डुबेको अवस्थामा भेटिएको सो हात्ती विद्युतीय धरापमा परेर रन्थनिएपछि सो घटना भएको कोशी टप्पुका प्राविधिकहरूको ठहर थियो ।
हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण