ललितपुरमा अर्को साता दोस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा ‘दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ अर्को साता सुरु हुने भएको छ । पुस ३ गतेबाट सुरु हुने उक्त र्याङ्किङ प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका रहेको छ ।
उक्त प्रतियोगितामा विभिन्न ६ वटा स्पर्धा समावेश गरिएको जानकारी आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घले दियो । पुरुष एकल र महिला एकलतर्फ विजयी खेलाडीले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुष एकल र महिला एकलतर्फ दोस्रो हुने खेलाडीले २० हजार तथा तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । पुरुष युगलतर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुने जोडीले २० हजार र तेस्रो हुने जोडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी यु–१७ छात्र/छात्रा तथा भेट्रान्स युगलतर्फका विजयी खेलाडीहरूले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगिता ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा हुनेछ । प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ, एसियन ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइने
आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घसँग आबद्ध जिल्ला, क्लब र अन्य गरी करिब चार सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण