अस्पतालबाट भागेका मिश्र सेती ड्याममा मृत भेटिए
बिहीबार, २८ मङ्सिर २०८०, १८ : २९
पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक बिरामी सेती नदीको ड्याममा मृत भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र सोमवार अस्पतालबाट भागेका थिए ।
ज्वरो सम्बन्धी बिरामी भएर उपचार गराउन आएका उनी बाबु हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट निस्किएका प्रहरीले जनाएको छ । उनको कार्ड समेतको कपडा सेती नदीमाथिको पुलमा भेटिएपछि नदीमा हामफालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको थियो ।
सोही आधारमा सेती नदीको ड्याम खोलेर उनको खोजी गर्दा ड्याममा नै मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण