बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अस्पतालबाट भागेका मिश्र सेती ड्याममा मृत भेटिए

बिहीबार, २८ मङ्सिर २०८०, १८ : २९
बिहीबार, २८ मङ्सिर २०८०

पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक बिरामी सेती नदीको ड्याममा मृत भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र सोमवार अस्पतालबाट भागेका थिए ।

ज्वरो सम्बन्धी बिरामी भएर उपचार गराउन आएका उनी बाबु हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट निस्किएका प्रहरीले जनाएको छ । उनको कार्ड समेतको कपडा सेती नदीमाथिको पुलमा भेटिएपछि नदीमा हामफालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको थियो ।

सोही आधारमा सेती नदीको ड्याम खोलेर उनको खोजी गर्दा ड्याममा नै मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप