जसपाको पाँचथर जिल्ला समिति पुनर्गठन
बिहीबार, २८ मङ्सिर २०८०, १८ : ३९
पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालको पाँचथर जिल्ला समिति पुनर्गठन भएको छ । फिदिममा बिहीबार आयोजित कार्यक्रमबाट लक्ष्मण लावतीको अध्यक्षतामा ५३ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा भरत राई, कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे सहसचिवमा भावना ईङवा सुब्बा, कमल हाङ्सरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीका सल्लाहकार सदस्य डा।महेन्द्र लावती थिए भने कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र जबेगू, मचिन्द्र बेघा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीलगायतका उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरले संसद्मै लगाए ‘सरकार मुर्दावाद’को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण