मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

बिहीबार, २८ मङ्सिर २०८०, २० : ०२
बिहीबार, २८ मङ्सिर २०८०

बिश्केक । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।

किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ ।

यसैगरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपत्कालीन मन्त्रालयले जनाएको छ । 

यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिउँले सेताम्य भएका छन् ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप