चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ
बिहीबार, २८ मङ्सिर २०८०, २० : ०२
बिश्केक । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ ।
यसैगरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपत्कालीन मन्त्रालयले जनाएको छ ।
यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिउँले सेताम्य भएका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण