बाइक चोरी भएपछि सामाजिक सञ्जालमा भावुक पोस्ट, चोरले फिर्ता गरिदियो बाइक
काठमाडौँ । बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै मान्नुपर्छ ।
भारतको सूरत सहरस्थित मोटा वराछा क्षेत्रमा परेश भाइ पटेल नाम गरेका एक जना व्यवसायीको बाइक चोरी भयो । उनी आफ्नो कार्यालय भवनको पार्किङमा बाइक राखेर गएका थिए तर कार्यालयबाट फर्कँदा उनको बाइक चोरी भइसकेको थियो ।
बाइक चोरी भएपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे । उनले लेखेका थिए, ‘श्रीमान् सज्जन चोर ! तपाईँले मेरो बाइक त लैजानुभयो तर चाबी र आरसी (रजिस्ट्रेसन सर्टिफिकेट) बुक बिना बाइक चलाउन तपाईंलाई समस्या हुन्छ । त्यसैले बाइकको चाबी र आरसी बुक मैले पार्किङ मै जेनेरेटरको माथि कुनामा राखिदिएको छु, त्यो लैजानु होला । तपाईं मेरो चिन्ता नगर्नु, म साइकलबाटै गुजारा चलाउँछु ।’
उनको यो पोस्ट भाइरल बन्यो र चोरले दुई दिनमै (११ डिसेम्बरका दिन) बाइक जहाँबाट चोरिएको हो, त्यही ठाउँमा ल्याएर राखिदिए ।
त्यसो त, परेश भाइले बाइक चोरी भएकोबारे प्रहरी कार्यालयमा पनि उजुरी गरेका थिए । तर ‘सज्जन चोर’ले बाइक फिर्ता गरिदिएपछि उनले प्रहरी कार्यालयमा गएर उजुरी पनि फिर्ता लिएका छन् । भारतीय न्यूज च्यानल ‘आजतक’सँग कुरा गर्दै उनले चोरको इमानदारितालाई मध्यनजर गर्दै आफूले उजुरी फिर्ता लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण