काठमाडौँ महानगरपालिकाद्वारा सन्दुक रुइतसहित विशिष्ट व्यक्तित्व सम्मानित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
२९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो । यसरी सम्मानित हुनेमा प्राध्यापक वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत, नायिका मनीषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ जनकवि, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी रहेका छन् ।
यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिरा चौधरी, पूर्व कप्तान फुटबलर बालगोपाल महर्जन, क्रिकेटका पूर्व कप्तान पारस खड्का, कराँते खेलाडी एरिका गुरुङ, बास्केट खेलाडी क्याप्टेन सविना श्रेष्ठ र कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई सम्मान गरेको छ । उनीहरूलाई जनही एक लाख ५० हजार रुपियाँबाट पुरस्कृत गरेको हो । समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उनीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।
२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेको थियो । काठमाडौँ देशकै पहिलो महानगरपकालिकाको रुपमा स्थापित भएको अवसरमा प्रत्येक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण