नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणलाई अख्तियारमा लगियो, तस्बिरहरु
शुक्रबार, २९ मङ्सिर २०८०, १६ : ११
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागबाट खाणलाई अख्तियारमा लगिएको हो ।
यसअघि शुक्रबार नै खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको थियो । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणले विभागमा १५ लाख रकम बुझाएका छन् । त्यसपछि उनलाई अख्तियारमा लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण