नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणलाई अख्तियारमा लगियो, तस्बिरहरु
शुक्रबार, २९ मङ्सिर २०८०, १६ : ११

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागबाट खाणलाई अख्तियारमा लगिएको हो ।
यसअघि शुक्रबार नै खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको थियो । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणले विभागमा १५ लाख रकम बुझाएका छन् । त्यसपछि उनलाई अख्तियारमा लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च
-
मजस्तो फिरन्ते मान्छेसँग भेट्न प्रधानमन्त्रीलाई केको डर ?
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल