सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

शुक्रबार, २९ मङ्सिर २०८०, १७ : २८
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त भएका छन् ।  प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद बहाली गरेका हुन् । 

 उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए । 

सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप