पुस–१६ देखि माघ १६ सम्म अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
१६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको महामन्त्री गगन थापाले बताए ।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ । साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । स्थगित भएको उक्त अभियानमा अब पार्टी संगठन र नागरिकसँग जोडिने दुवै कार्यक्रम हुने छ ।
‘यो अभियानमा पदाधिकारी पनि खटाउँछौँ,’ महामन्त्री थापाले भने,‘संगठनका काम र समुदायसँग जोडिने काम गर्नुहुन्छ ।’ पार्टीले खटाउने प्रतिनिधिले तल्लो तहमा भएका विवाद मिलाउने जिम्मेवारी समेत पाएका हुन्छन् ।
महामन्त्री थापाका अनुसार मंसिर १२ देखि बोलाइएको केन्द्रीय समिति बैठक मूलभूत रुपमा सरकारको काम कारबाहीमा केन्द्रित रहने छ । बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरुले यो अवधिमा भएका मन्त्रालयगत कार्यको जानकारी बैठकमा राख्ने छन् । कांग्रेसबाट केन्द्रीय सरकारमा ८ जना मन्त्री छन् ।
बैठकले साउन १० मा सार्वजनिक वार्षिक क्यालेण्डर परिमार्जन गर्ने निर्णय गरेको छ । वार्षिक क्यालेण्डर परिमार्जनको जिम्मेवारी महामन्त्री थापाले पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण