पुस–१६ देखि माघ १६ सम्म अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
१६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको महामन्त्री गगन थापाले बताए ।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ । साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । स्थगित भएको उक्त अभियानमा अब पार्टी संगठन र नागरिकसँग जोडिने दुवै कार्यक्रम हुने छ ।
‘यो अभियानमा पदाधिकारी पनि खटाउँछौँ,’ महामन्त्री थापाले भने,‘संगठनका काम र समुदायसँग जोडिने काम गर्नुहुन्छ ।’ पार्टीले खटाउने प्रतिनिधिले तल्लो तहमा भएका विवाद मिलाउने जिम्मेवारी समेत पाएका हुन्छन् ।
महामन्त्री थापाका अनुसार मंसिर १२ देखि बोलाइएको केन्द्रीय समिति बैठक मूलभूत रुपमा सरकारको काम कारबाहीमा केन्द्रित रहने छ । बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरुले यो अवधिमा भएका मन्त्रालयगत कार्यको जानकारी बैठकमा राख्ने छन् । कांग्रेसबाट केन्द्रीय सरकारमा ८ जना मन्त्री छन् ।
बैठकले साउन १० मा सार्वजनिक वार्षिक क्यालेण्डर परिमार्जन गर्ने निर्णय गरेको छ । वार्षिक क्यालेण्डर परिमार्जनको जिम्मेवारी महामन्त्री थापाले पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन