संघर्ष समिति र डा. केसीबिच वादविवाद, अनशनको कार्यक्रम बिथोलियो
धनगढी । अनशन बस्न भनी कैलालीको गेटा आएका डा. गोविन्द केसीको अनशनको कार्यक्रम भाँडिएको छ ।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग वादविवाद हुँदा उनको अनशनको कार्यक्रम रोकिएको छ । अनशनमा अवरोध भएपछि उनी धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आश्रय लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले रातोपाटीलाई बताए ।
केसीले शुक्रबार बेलुकी ५ बजेदेखि ३ दिन अनशनमा बस्ने घोषणा गरेका थिए । उनले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखेका थिए । तर केसीको उक्त माग विश्वविद्यालय मागको नभएको भन्दै संघर्ष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर धनगढी फर्किएका हुन् ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेले सरकारले गेटामा ६ सय शय्याको अस्पतालसहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्बाबाट निर्णय गरेर राष्ट्रिय सभामा विधेयक पेस गरिसकेको अवस्थामा केसीले प्रतिष्ठान बनाउन अनशन गर्न लागेको जानकारीपछि सामान्य छलफल गर्न खोज्दा उनी रिसाएर फर्किएको बताए ।
उनले भने, ‘डाक्टर केसीको एजेण्डामा मेडिकल विश्वविद्यालय नभएर स्वास्थ्य प्रतिष्ठान छ भन्ने हामीले सुनेपछि हामीले उहाँसँग कुरा गरेका थियौ । उहाँलाई प्रतिष्ठानको ठाउँमा विश्वविद्यालय उल्लेख गरे आफूहरुले पनि सघाउने भनेका थियौ । तर उहाँ जस्तो मान्छे संवाद नगरी हेपाहा प्रवृत्तिले हामीसँग व्यवहार गरेर जानुभयो ।’
धनगढीबाट मोटरसाइकलमा अनशन स्थल गेटामा पुगेका केसी आधा घण्टा जति वादविवाद गरेर फर्किएका थिए ।
उनले सुरुमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि संघर्ष समितिका कुरा सुन्ने बताएपनि संघर्ष समितिले भने गेटामा प्रतिष्ठान बनाउने कुरा मान्य नहुने भन्दै प्रष्ट पार्न आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण