तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम
फुङ्लिङ । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो ।
देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो ।
इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ । झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सीमित भएको छ ।
विजेता भएको देउराली स्पोटिङ कल्बले ट्रफी मेडल प्रमाणपत्रसहित नगद रु दुई लाख दुई हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली एक लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ ।
किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ कल्बले २०७७ सालदेखि गोल्ड आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण