विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक छैन : केपी ओली
फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् । शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले देशको परराष्ट्र नीति असंलग्न राख्नुपर्ने समेत बताए । एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको बताए ।
‘अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अर्थतन्त्र डाँवाडोल भएको छ’ ओलीले भने,‘ अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन ।’
उनले यसअघि कांग्रेसले बुथ कब्जा गरेर चुनाव जितेको आरोप समेत लगाए । उनले भने, ‘कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर लुटेरा शैलीले चुनाव जित्यो । अहिले कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ, कसले न्याय पाउँछ ?’
मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु शनिवार फिदिम पुगेको हो । सो यात्राको पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण