शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा

विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक छैन : केपी ओली

शनिबार, ३० मङ्सिर २०८०, १६ : ०४
शनिबार, ३० मङ्सिर २०८०

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् । शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले देशको परराष्ट्र नीति असंलग्न राख्नुपर्ने समेत बताए ।  एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको बताए । 

‘अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अर्थतन्त्र डाँवाडोल भएको छ’ ओलीले भने,‘ अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन ।’ 

उनले यसअघि कांग्रेसले बुथ कब्जा गरेर चुनाव जितेको आरोप समेत लगाए । उनले भने, ‘कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर लुटेरा शैलीले चुनाव जित्यो । अहिले कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ, कसले न्याय पाउँछ ?’ 

मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु शनिवार फिदिम पुगेको हो । सो यात्राको पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा समापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप