कांग्रेस भयो भने मन्त्री पनि छुट्छ, एमालेका छुट्दैनन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण छुट्दा आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझी भने जेलमै बस्नुपरेकोमा आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले एमाले भएकै कारणले कोही जेलमा बस्नुपरेको आरोप लगाएका हुन् ।
सङ्कल्प यात्रा अन्तरगत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली भने, ‘मुद्दा लगाएका एउटा साथी हिजो कि अस्तिका दिन उहाँले बल्ल सफाइ पाउनुभयो । कोही साथीहरूलाई अझै मुद्दा लगाएर फसाइएको छ । कांग्रेस भयो भने मन्त्री भए पनि छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ, अनि कहाँबाट इन्साफ हुन्छ ?’
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने पनि बताए । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरूले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताए ।
उनले भने, ‘म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु–दुस्मनी गरेर कहीँ पुगिने वाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर तिनलाई शान्तिपूर्ण ढङ्गले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन् । त्यसबाट धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरू निर्वाचनका माध्यमबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ । संवादबाट शान्तिपूर्ण ढङ्गले । हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौँ भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशङ्का, अविश्वास, तनाव सृजना गर्दछ । त्यसबाट हामी गरिवका गरिब रहन्छौँ । अनि, स्विजरल्याण्ड धनी भयो, फलानो धनी भयो । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश युएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने ? यति सुन्दर देश । हामी आफैँले बनाउन सक्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण