एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको विचारलाई बेचिरहेका छन्ः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन् ।
पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभएको र मात्र सुशासनका एजेन्डा भएको बताए ।
‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन । बेच्नका लागि हामीसँग मदन, वीपी कोही छैनन् । हामीसँग सुशासनको एउटा एजेन्डा छ ’, उनले भने, ‘हृदय छ केही गरेर देखाउने र क्षमतावान योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन् बस् । यत्तिकै आधारमा हामी अगाडि बढेका हौं ।’
उनले भूकम्पपछि आफू जाजरकोट गएको देखेर सत्ताधारी दलका नेताहरु पनि राज्यलाई खर्चको भार बोकाएर देखाउनका लागि जाजरकोट गएको दाबी गरे ।
भूकम्पस्थलमा कम्युनिष्टहरु रास्वपासँग प्रतिष्पर्धाका लागि हेलिकोप्टर प्रदर्शन गर्न मात्र पुगेको उनको आरोप थियो । आफूहरुसँग प्रतिस्पर्धा गर्न नभई जनताको घाउमा मलम लगाउन जान उनले आग्रह गरे ।
सभापति लामिछानेले विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भलो नहुने भन्दै भागबण्डामा पदहरु बाँडेको कारण देशमा लुटतन्त्रको धन्दा बढेको टिप्पणी गरे । एकपटक आफूलाई अवसर मिलेमा लुटको खेतीमा हिँडेकाहरुलाई रोक्ने जिकिर उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण