जब लुटनका कप्तान मैदानमै ढले...
लण्डन । हृदयाघात भएपछि मैदानमा ढल्न पुगेका प्रिमियर लिग टोली लुटन टाउनका कप्तान टम लोकयरको अवस्था ‘स्थिर’ रहेको बताइएको छ । शनिबारको घटनापछि बोर्नेमाउथविरुद्धको खेल स्थगित गरिएको छ ।
दोस्रो हाफको मध्यतिर टमको उपचार जारी रहँदा दुवै टोलीका खेलाडीहरूलाई मैदानबाहिर लगिएको थियो । २९ वर्षीय खेलाडी होसमा आएपछि उनलाई तालीको गडगडाहटबिच स्ट्रेचरमा मैदानबाट बाहिर ल्याइयो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
लुटनले एक विज्ञप्ति जारी गर्दै टमको अवस्था स्थिर रहेको र उनको थप स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिएको छ । उता खेल रद्द गरिएको जानकारी दिइएपछि दुवै टोलीका खेलाडीहरू पुनः एकपटक मैदानमा आएर समर्थकहरूलाई धन्यवाद दिएका थिए ।
टम यसअघि गत मेमा कोभेन्ट्रीविरुद्धको प्लेअफको फाइनल खेलमा पनि मैदानमा ढल्न पुगेका थिए । उनको मुटुको शल्यक्रियापछि गत जुनमा मात्र मैदानमा फर्कने अनुमति पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण