रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीहरुको घुइँचो
काठमाडौँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ ।
विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ ।
रङ भूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तिर्थालुहरुको बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तिर्थालुहरुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ ।
स्वयम्वर कार्यक्रमको समापन भएपश्चात रङभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ ।
जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तिका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा तिर्थालुहरुको उपस्थिति रहने गर्दछ ।
पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण