लियोनले ५ सयौँ विकेट लिँदा पाकिस्तान नतमस्तक
पर्थ । स्पिनर नाथन लियोनले ५ सयौँ विकेट लिँदा अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो टेस्टमा ३ सय ६० रनको विशाल अन्तरले हराएको छ । ४ सय ५० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान चौथो दिनमा मात्र ८९ रनमा अलआउट हुन पुगेको हो ।
पाकिस्तानलाई सस्तोमा समेट्न मिचेल स्टार्क र जोस हेजलवुडले घातक बलिङ गर्दै ३–३ विकेट लिए । लियोनले २ विकेट लिए भने कप्तान प्याट कमिन्सले १ विकेट लिए । योसँगै लियोन टेस्ट क्रिकेटको इतिहासमा ५ सयौँ विकेट लिने आठौँ खेलाडी बनेका छन् । १२३ खेलको २३० इनिङ्समा उनले यो उपलब्धि हासिल गरेका हुन् ।
दोस्रो पालीमा पाकिस्तानका लागि साउद सकिलले सर्वाधिक २४ रनको योगदान दिए । बाबर आजमले १४ तथा इमाम उल हकले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पहिलो पालीमा ९० र दोस्रो पालीमा ६३ रन बनाएका अस्ट्रेलियाका मिचेल मार्स खेलमा प्लेयर अफ द म्याच चुनिए । उनले पहिलो पालीमा एक विकेट पनि लिएका थिए ।
अस्ट्रेलियाले पहिलो पालीमा ४ सय ८७ रन बनाएको थियो भने दोस्रो पालीमा ५ विकेटको क्षतिमा २ सय ३३ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो । पाकिस्तान पहिलो पालीमा २ सय ७१ रनमा अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण