सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

वीरेन्द्रनगरमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

आइतबार, ०१ पुस २०८०, १५ : ५२
आइतबार, ०१ पुस २०८०

सुर्खेत। वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटना शनिवार रातिको हो। नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–११, सुब्बा कुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षीय मनोज सुनार गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त  घटनालाई लिएर अहिले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप