वीरेन्द्रनगरमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव
सुर्खेत। वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घटना शनिवार रातिको हो। नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–११, सुब्बा कुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षीय मनोज सुनार गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनालाई लिएर अहिले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण