राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा निर्वाचन चिह्न क्रम निर्धारण, पहिलोमा एमालेको सूर्य (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ । दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।
यस्तै त्यसपछि क्रमशः जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा रहेका छन् ।
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण