काठमाडौँ नजिकै भएर पनि नुवाकोट पछि पर्योः अर्थमन्त्री
नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडौँ नजिकै भएर पनि नुवाकोट पछि परेको बताएका छन् । ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ गृहजिल्ला नुवाकोटमा आयोजित कार्यक्रममा उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
उनले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने सो क्रममा बताए । उनले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’
०४६ सालपछि नुवाकोटमा विस्तारै विकास सुरुवात भएको उल्लेख गर्दै महतले ककनीको बाटो पनि काठमाडौं बिजुली लैजान बनाइएको बताए । ‘०४६ पछि पुल, सिँचाई, विजुली विस्तार भयो । हामी विकासप्रेमी हौं, पार्टी भनेर विभेद गर्दैनौं’ मन्त्री डा। महतले भने, विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’
उनले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको भएको र समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका बताए ।
काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न थाल्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण