कुवेतका अमिरको निधनमा शोक मनाउने नेपाल सरकारको निर्णय
आइतबार, ०१ पुस २०८०, २० : ५९

काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस २ गते शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो ।
उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।