कुवेतका अमिरको निधनमा शोक मनाउने नेपाल सरकारको निर्णय
आइतबार, ०१ पुस २०८०, २० : ५९
काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस २ गते शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो ।
उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण