रियल ला लिगाको शीर्ष स्थानमा
सोमबार, ०२ पुस २०८०, ०५ : ४३

मड्रिड । जुड बेलिङह्यामले आफ्नो गोलवर्षा जारी राख्दा रियल मड्रिडले भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।
खेलको २५ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेलिङह्यामले रियललाई अग्रता दिलाए । ३७ औँ मिनेटमा रोड्रिगोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा होसे लुइस मोरालेसले भिल्लारियालका लागि गोल फर्काए । यद्यपि, यो गोल सान्त्वना मात्र बन्न पुग्यो । ब्राहिम डियाज र मोड्रिचले ४ मिनेटमा अन्तरमा दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।
१७ खेलपछि रियलको ४२ अङ्क रहेको छ । एक खेल कम खेलेको जिरोनाको ४१ अङ्क छ । सोमबार आलाभेसलाई हराए जिरोनाले रियललाई उछिन्नेछ । भिल्लारियाल भने १६ अङ्कसहित लिगको १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना