रियल ला लिगाको शीर्ष स्थानमा
सोमबार, ०२ पुस २०८०, ०५ : ४३
मड्रिड । जुड बेलिङह्यामले आफ्नो गोलवर्षा जारी राख्दा रियल मड्रिडले भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।
खेलको २५ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेलिङह्यामले रियललाई अग्रता दिलाए । ३७ औँ मिनेटमा रोड्रिगोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा होसे लुइस मोरालेसले भिल्लारियालका लागि गोल फर्काए । यद्यपि, यो गोल सान्त्वना मात्र बन्न पुग्यो । ब्राहिम डियाज र मोड्रिचले ४ मिनेटमा अन्तरमा दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।
१७ खेलपछि रियलको ४२ अङ्क रहेको छ । एक खेल कम खेलेको जिरोनाको ४१ अङ्क छ । सोमबार आलाभेसलाई हराए जिरोनाले रियललाई उछिन्नेछ । भिल्लारियाल भने १६ अङ्कसहित लिगको १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण