राष्ट्र बैंकले आज १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, ०२ पुस २०८०, १० : ३३
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २ गते अर्थात मंगलबार जारी गर्नेगरी २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।
यसअघि केन्द्रीय बैंकले मंसिर २५ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण