आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै

सोमबार, ०२ पुस २०८०, १० : ३३
सोमबार, ०२ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २ गते अर्थात मंगलबार जारी गर्नेगरी २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । 

यसअघि केन्द्रीय बैंकले मंसिर २५ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप