आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्किने बित्तिकै ओलीले भने– 'मैले केहि भनिरहनै पर्दैन, तस्बिर आफैं बोल्छ '

आइतबार, २५ चैत २०७४, २० : ५०
आइतबार, २५ चैत २०७४

काठमाडौं । तीनदिने राजकीय  भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आइतबार साँझ स्वदेश फर्किएका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा गएका थिए । 

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो भ्रमण सफल भएको दाबी गरे । उनले भने, ‘मेले केही भनिरहनै पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगारेन भने  नेपाल–भारत सम्बन्ध सधैँका लागि  सुधारिएको  छ ।’ 

उनले थपे, ‘हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् ।  नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण  कुनै  बनावटी होइन र देखावटी नभएको दाबी गर्दै भने, ‘एक मित्रको निमन्त्रणामा लोकतान्त्रिक  प्रणाली र जनमत लिएर गएको हो । भारतले स्वागत गर्यो ।’

उनले भारतसँग भएको सहमति बारे भने, ‘काठमाडौं रेल आउने कुरा भएको छ । नदीबाट आवागमनको प्रबन्ध मिलाउँदै छौं । सीमा विवादलगायतका विषयमा गम्भीर कुरा भएको छ । कृषिको आधूनिकीकरणको विषयमा कुरा भएको छ ।’ 

आफूले मित्रता खुलस्त, खुलापन, पारस्पिरिक सम्बन्ध, सर्वभौमिता, दुवै देशको हित र पारस्पिरिक लाभको आधारमा हुने पनि भारतीय पक्षसँग खुलस्त राखेको ओलीले बताए ।  ओलीले भने, ‘न्यायोचित बाहेक अरु ढंगबाट सञ्चालन गर्न खोजे यो राम्रो हुँदैन । मैले मोदीजीलाई पनि यही कुरा राखें ।’ 

एक्काइसौं शताब्दीमा छिमेकी मुलुक र अन्य विश्वसँग कसरी सम्बन्ध राख्ने  भनेर प्रष्टसँग राखेको पनि ओलीले बताए । प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सम्बन्ध सुधारका विविध आयामका विषयमा विषयमा कुरा गरिएको बताए । उनले भूकम्पपछिको पुननिर्माणको लागि भारतीय प्रतिवद्धता, पञ्चेश्वर जस्ता परियोजना अघि बढाउने विषयमा पनि भारतीय पक्षसँग छलफल गरिएको जानकारी दिए ।

विगतका परियोजना अघि बढाउन सरकारले अव भारतसँग गम्भिर वार्ता गर्दै अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको उदघाटन गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा स्विच थिचेर उदघाटन गरेका थिए । त्यसैगरी मोतिहारी अमलेखगञ्जसम्मको पेट्रोलियम पाईपलाईन विस्तारको पनि उद्घाटन गरिएको छ । 

भारत भ्रमणकै अवसरमा प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम प्रोद्योगिक विश्वविद्यालयले विद्यावारिधिको उपाधि समेत प्रदान गरेको थियो । भारत बसाईका क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुसँग सामूहिक छलफल गरी नेपालमा लगानी भित्र्याउन पनि आग्रह गरेका थिए । 

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहँदा समकक्षी नरेन्द्र मोदी,  राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, व्यापारी र विभिन्न राजनीतिक दलक नेतासँग भेटघाट  गरेका थिए  

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण सम्वन्धी

प्रेस नोट

२०७४चैत्र २५ गते आइतवार

 उपस्थित सञ्चारकर्मी साथीहरू,

  • मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु ।
  • भ्रमणदलमा संलग्न एवं अन्य सञ्चारकर्मी मित्रहरूबाट भ्रमणका सम्बन्धमा यहाँहरूनिरन्तर अवगतै हुनुहुन्छ । भ्रमणसम्बन्धीसंयुक्तवक्तव्यसमेतजारीभैसकेकोछ।तथापि म केही विषयमा थप जानकारी गराउन चाहन्छु।
  • निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता,समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमातथाहालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो ।
  • भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय ‍औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथैसोवारेमातीनवटा अलग अलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ ।
  • विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमादुवै पक्षबीच सहमति भयो। महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइ लगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ ।नेपाल र भारतका बीचEnergy banking को अवधारणामा आधारित विद्युतव्यापारको प्रस्तावगरेकोछु।
  • दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको छ ।
  • नेपालको भारतसँग विद्यमानबढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको छु । यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।
  • साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भईप्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ ।साथै, भारतलेनेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाईसहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामोसमयदेखिविद्यमानग्यासबुलेटसञ्चालनमादेखिएकोसमस्याकोसमाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।
  • भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उदघाटन गर्यौ । यसवाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजिकरणका साथै मानिसहरूकोआवागमनमा सुविधा हुनेछ ।
  • यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको छ ।
  • भारतका प्रधानमन्त्रीसँगको औपचारिक वार्ता पश्चात् हामीले संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्यौं । भारतीय प्रधानमन्त्रीले नेपालीजनतालेलोकतन्त्रतथासंघीयव्यवस्थाप्रतिदेखाएकोविश्वासरनेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै योसन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो।उहाँलेयसकालागिनेपालीजनतारसरकारलाईबधाईज्ञापनगर्नुभयो।
  • भ्रमणकोअवधिमाभारतका महामहिम राष्ट्रपतिएवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका बरिष्ठ मन्त्री एवं उच्च अधिकारीहरुसँग समेत मेरो भेटघाट भई आपसी हितका विषयमा छलफल भयो। यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायत नेपालका मित्रहरूसँग मेरो भेट भयो ।
  • नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा म सहभागी भएँ । साथै, भारतका व्यापारिक समुदाय तथा बुद्धिजीवीसमूहसँगको अलग अलग अन्तरक्रिया एवं नेपाली समुदाय र दुवै मुलुकका चलचित्र कलाकारहरूसँगको मेरो भेटघाट फलदायी रह्यो । India Foundation ले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ ।
  • भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा म सहभागी भएँ । मानार्थ Doctor of Science उपाधि प्रदान गरेकोमा म विश्वविद्यालयप्रति आभारी छु ।
  • भारतीय पक्षसँग छलफल एवं विचार विमर्श हुँदा हरेक विषयमा नेपाल र नेपालीको मर्यादा र हितलाई उच्च प्राथमिकतामा राखिएको छ ।
  • मेरो भारतभ्रमणबाट नेपाल र भारतका बीच विश्वासको अभिवृद्धि भएको छ । साथै,यसबाट द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै आगामी दिनमा समानता, आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउनर सहयोगविस्तार गर्न योगदान पुग्ने मैले विश्वास लिएको छु ।

धन्यवाद। 

प्रधानमन्त्रीको भारत भ्रमणका अन्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमणबारे  को के भन्छन् ?

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (हेर्नुहोस् ८ तस्बिरमा)

मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेपछि ओलीले के भने ?

प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि उपाधि

...तर, ओली–मोदीले हात मिलाएनन्

मोदीसँगकाे संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–चुनावपछि नेपाल समृद्धितर्फ अघि बढ्यो

-नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु, भारत हर्षित : मोदी

नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी (पूर्णपाठसहित)

-प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

९ तस्बिरमा हेर्नुहोस्  ओली र  मोदीबीचको भेटवार्ता

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास, यसको फाइदा के ?

एकीकृत जाँच चौकी के हो र के हुन्छ फाइदा ?

गान्धीको समाधिस्थलमा पुगेर के लेखे प्रधानमन्त्री ओलीले ? (फोटोफिचरसहित)

अचानक रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपतिबीच भेटवार्ता 

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

ओलीको स्वागतमा मोदीको नेपाली ट्वीट !

याे पनि

पहिलो दिन : दिल्लीमा प्रधानमन्त्री ओलीका १२ घण्टा

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

भारतीय काँग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री सिंहले भेटे प्रधानमन्त्री ओलीलाई

इन्डिया नेपाल विजनेश फोरममा प्रधानमन्त्रीले के भने ?

मोदी भन्दा अगाडि डोभल–ओली भेटबार्ता

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत, हेर्नुहोस् तस्विर

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान (फोटोफिचर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप