मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता
सोमबार, ०२ पुस २०८०, १५ : ३६
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार स्वदेश फिर्ता भएको हो ।
संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिसनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरू मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भइसकेका छन् । उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि छिट्टै स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण