सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निगम कर्मचारीको आन्दोलन स्थगन

सोमबार, ०२ पुस २०८०, १६ : ०९
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘ग्राउन्ड ह्याडलिङ’ का विषयमा मन्त्रिपरिषदबाटै निर्णय गराउने प्रतिवद्धता जनाएपछि नेपाल वायुसेवाका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । 

संयुक्त ट्रेड युनियन संघर्ष समितिले जारी आन्दोलनका कार्यक्रम सोमबारबाट स्थगन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले जानकारी दिए । 

महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले ‘ग्राउन्ड ह्याडलिङ’को विषयमा मन्त्रिपरिषदबाटै निर्णय गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप