शाहरुखको पठानभन्दा छिटो ५०० करोड क्लबमा पुग्यो रणवीरको एनिमल
नयाँ दिल्ली । रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा जबरजस्त बहार ल्याएको छ । डिसेम्बर १ मा फिल्म रिलिज भएको थियो ।
फिल्मले अहिलेसम्म पनि शानदार कमाई गरिरहेको छ । पहिले दुई सप्ताहन्तमा शानदार कलेक्शन पछि तेस्रो सप्ताहन्तमा समेत फिल्मले कमाइको भव्य सिलसिला जारी राख्यो । फिल्मले घरेलु बक्स अफिसमा ५०० करोडको आँकडा पार गरेको छ ।
एनिमलले रणवीरलाई बलिउडको सुपरस्टार बनाइदिएको छ । बक्स अफिसमा पहिलो दिनदेखि नै फिल्मले रेकर्डतोड कमाइको सुरुआत गरेको थियो । फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । आइतबारसम्ममा फिल्मले भारतमा ५१२ करोड भारुभन्दा धेरै कमाएको छ । योसँगै एनिमल रणवीरको करियरमा घरेलु बक्स अफिसमा ५०० करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ ।
तर फिल्म जुन गतिका साथ यो क्लबमा छिर्यो यसले शाहरुख खानको पठान र सनी देओलको गदर –२ लाई पनि पछाडि पारेको छ । शाहरुखको पठानलाई यो क्लबमा छिर्न २२ दिन लागेको थियो । गदरले यो सफलता २४ दिनमा पायो । यस मामिलामा एनिमलभन्दा अगाडि शाहरुखको जवान छ । जवानलाई घरेलु बक्स अफिसमा ५०० करोड कमाउन १३ दिन मात्रै लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण