रोजगारी र उत्पादन बढाउने प्रयत्न सरकारको रहन्छ : मन्त्री लम्साल
हेटौंडा । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले श्रम र श्रमिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकारले काम गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले श्रम र श्रमिकको सम्मान गर्ने संस्कृतिको विकासका लागि सरकारले काम गर्ने बताएका हुन् ।
उनले उत्पादनमा केन्द्रित भएर आर्थिक समृद्धिको यात्रा तय हुने भएकाले देशको अर्थतन्त्रमा योगदान पुग्ने गरी युवाहरुलाई उत्पादनमा जोड्ने योजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए । उनले समाजमा हरेका नकारात्मक सोचाइलाई निरुत्साहित गर्दै विकासको बाटोमा डो¥याउन जरुरी रहेको औँल्याए ।
‘हामीले श्रम र श्रमिकको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ । प्रदेश सरकारले त्यसको पहल गर्छ । समाजलाई सकारात्मक दिशामा अग्रसर गराउन रुपान्तरणका विभिन्न योजनाहरु सरकारले कार्यान्वयनमा ल्याउँछ,’ उनले भने, ‘उत्पादन र उत्पादकत्व वृद्धि भए मात्र आर्थिक समृद्धिको यात्रा तय हुन्छ । त्यसतर्फ सरकारको ध्यान गएको छ । ठोस योजना ल्याएर युवाहरुलाई उत्पादनमा जोड्ने प्रयत्न हुन्छ ।’
उनका अनुसार वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको श्रम, सिप र पुँजीलाई देशमा नै प्रयोग गरी उत्पादनमा जोड्ने योजना कार्यान्वयन गर्न र सोही अनुसार परिचलित हुन प्रदेश सरकारले पहल गर्नेछ । ऐन कानुमा भएका समस्यालाई नीतिगत रुपमा सुधार गर्दै उद्यमशीलता विकासमा सरकारले योजना बनाउने उनको भनाई छ । संघीयता पछि उत्पादन तथा रोजगारीको अवसर सृजनाको लागि थुप्रै प्रयासहरु भएको तर नागरिकको अपेक्षा उच्च रहेकाले केही असन्तुष्टिहरू देखिएको उनले बताए । उक्त असन्तुष्टिहरुलाई समाधान गर्दै सरकार अघि बढिरहेको उनको भनाई छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि रोजगारी र उत्पादन बढाउन केही निश्चित विषयहरुमा काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारी तवरबाट रोजगारीका क्षेत्रमा केही पहल गर्न सकेको खण्डमा पछिल्लो समय वैदेशिक रोजगारीमा पलायन हुने युवा जमातलाई रोक्न सकिने उनको भनाई छ ।
उक्त कार्यक्रममा विदेशबाट फर्किएकाहरुले आफ्ना अनुभव सुनाएका थिए भने वैदेशिक रोजगारीको अवस्था बारेमा विषय विज्ञ डा. केशव बस्याल र डा. रघुराज काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण