सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारको एक वर्ष

कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ०३ पुस २०८०, १० : ३७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् । विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

‘प्रधानमन्त्री कार्यालयका मुख्य डा बैकुण् अर्याल र सबै सचिवलाई राखेर उहाँले अब कामको गति बढाउन भनेर भन्नुभएको छ’, आचार्यले भने, ‘कतिपय गर्न भनेका कामहरू पनि भएनन् । मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् भनेर भन्नुभएको छ ।’

उनले आफूले पनि कामको गति बढाउने र त्यसका लागि १० बजे नै कार्यालय आएर काम सुरु गर्ने पनि उनको भनाइ थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्री १० बजेअघि नै सिंहदरबारमा पुगेको आचार्यको भनाइ छ । 

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोहीअनुसार आगामी साता सरकारको एक वर्ष पुग्दै छ । आफूले सत्ता सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेबारे छलफल भइरहेको समेत आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप