कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् । विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘प्रधानमन्त्री कार्यालयका मुख्य डा बैकुण्ठ अर्याल र सबै सचिवलाई राखेर उहाँले अब कामको गति बढाउन भनेर भन्नुभएको छ’, आचार्यले भने, ‘कतिपय गर्न भनेका कामहरू पनि भएनन् । मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् भनेर भन्नुभएको छ ।’
उनले आफूले पनि कामको गति बढाउने र त्यसका लागि १० बजे नै कार्यालय आएर काम सुरु गर्ने पनि उनको भनाइ थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्री १० बजेअघि नै सिंहदरबारमा पुगेको आचार्यको भनाइ छ ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोहीअनुसार आगामी साता सरकारको एक वर्ष पुग्दै छ । आफूले सत्ता सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेबारे छलफल भइरहेको समेत आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण