एनसेलबारे प्रधानमन्त्रीको जवाफ– कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो ।
बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ ।
एनसेल प्रकरणबारे प्रचण्डले भने– म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुने । भोलिपल्टै म नेपाल फर्किएर मुख्य सचिवलाई बोलाएर हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराए । मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ । यसबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ । यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण