आईपीएल अक्सन : राजस्थानले सात करोड ४० लाखमा किन्यो पावेललाई
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा वेस्ट इन्डिजका रोभमन पावेललाई राजस्थान रोयल्सले किनेको छ । राजस्थानले ३० वर्षीय ब्याट्सम्यान पावेललाई सात करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
पोवेल अलराउन्डर खेलाडी हुन् । यसपटक अक्सनमा उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म देशका लागि ६६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
पावेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५६ पालीमा २६.७१ को औसतले कुल एक हजार दुई सय दुई रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन एक सय सात रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले एक शतक र पाँच अर्धशतक पनि बनाएका छन् । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण