आईपीएलको इतिहासमै सबैभन्दा महँगो खेलाडी बने प्याट कमिन्स
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् । उनी आईपीएलको इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने ।
कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी इङ्ल्याण्डकै साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।
कमिन्सले उनकै कीर्तिमान तोडेका हुन् । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
कमिन्सको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ । उनले अस्ट्रेलियालाई एसेस शृङ्खला र टेस्ट च्याम्पियनसिपको उपाधि पनि जिताइसकेका छन् । कमिन्स टोलीका अलराउन्डर खेलाडी हुन् ।
उनले हालसम्म अस्ट्रेलियाका लागि ५० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ५५ विकेट लिएका छन् भने एक सय १६ रन पनि बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३० वर्षीय यी खेलाडीले चार सय ३८ विकेट लिनुका साथै एक हजार सात सय १७ रन पनि बनाएका छन् ।
कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा तीन सय ७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनले सन् २०२१ मा कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए ।
सन् २०२० मा भने कमिन्स १५ करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए । यसपटक अक्सनमा उनको नाम सेट–२ मा परेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले मुम्बई र दिल्लीबाट आईपीएल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026