दुई दिनमा १२७ सांसद निलम्बनमा

नयाँ दिल्ली । मंगलबार थप ४९ सांसदलाई भारतको लोकसभाबाट निलम्बन गरिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल छन्।
सोमबार रेकर्ड ७८ सांसद निलम्बित भएका थिए । पछिल्लो दुई दिनमा दुवै सदनबाट जम्मा १२७ सांसद निलम्बनमा परेका छन् । विपक्षीहरूले मोदी सरकारमाथि तानाशाहीको आरोप लगाएका छन् ।
हिजो राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठुलो सङ्ख्यामा सांसद निलम्बित भएका थिए । केही महत्त्वपूर्ण विधेयक सदनमा पेश हुन लागेको बेला यो निलम्बन गरिएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले लोकसभामा सदनभित्र प्लेकार्ड नराख्ने निर्णय भएको बताएका छन् । उनीहरू (प्रतिपक्ष) भर्खरैको निर्वाचनमा हारेको निराशाले यस्तो कदम चालिरहेको उनको आरोप छ । त्यसैले सांसदहरूलाई निलम्बन गर्ने प्रस्ताव ल्याइरहेको उनको भनाई छ । डिसेम्बर १३ मा चार व्यक्तिले संसद् परिसरभित्र र बाहिर प्रदर्शन गर्नुका साथै र रंगीन धुवाँ छोडेका थिए । संसद्को सुरक्षामा भएको ठुलो लापरबाहीबारे विपक्षीले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सदनमा जवाफ मागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?