दुई दिनमा १२७ सांसद निलम्बनमा
नयाँ दिल्ली । मंगलबार थप ४९ सांसदलाई भारतको लोकसभाबाट निलम्बन गरिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल छन्।
सोमबार रेकर्ड ७८ सांसद निलम्बित भएका थिए । पछिल्लो दुई दिनमा दुवै सदनबाट जम्मा १२७ सांसद निलम्बनमा परेका छन् । विपक्षीहरूले मोदी सरकारमाथि तानाशाहीको आरोप लगाएका छन् ।
हिजो राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठुलो सङ्ख्यामा सांसद निलम्बित भएका थिए । केही महत्त्वपूर्ण विधेयक सदनमा पेश हुन लागेको बेला यो निलम्बन गरिएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले लोकसभामा सदनभित्र प्लेकार्ड नराख्ने निर्णय भएको बताएका छन् । उनीहरू (प्रतिपक्ष) भर्खरैको निर्वाचनमा हारेको निराशाले यस्तो कदम चालिरहेको उनको आरोप छ । त्यसैले सांसदहरूलाई निलम्बन गर्ने प्रस्ताव ल्याइरहेको उनको भनाई छ । डिसेम्बर १३ मा चार व्यक्तिले संसद् परिसरभित्र र बाहिर प्रदर्शन गर्नुका साथै र रंगीन धुवाँ छोडेका थिए । संसद्को सुरक्षामा भएको ठुलो लापरबाहीबारे विपक्षीले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सदनमा जवाफ मागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण