शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

व्यक्तिवादी चरित्र र उग्र महत्वकांक्षा त्याग्नुपर्छ : शेखर कोइराला

मङ्गलबार, ०३ पुस २०८०, १६ : १०
मङ्गलबार, ०३ पुस २०८०

कास्की । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रोश पैदा भएको बताएका छन् । मंगलबार कास्कीमा पार्टीको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको मर्म अनुसार नेतृत्व अघि बढ्न नसकेको बताए । 

‘के वास्तवमा गणतन्त्र खराब हो ? होइन, नेतृत्वका कारण गणतन्त्रमाथि आक्रोश बढेको हो’, उनले भने, ‘नेतृत्वले राम्रो काम गर्‍यो भने यो आक्रोश कम हुन्छ । हामीले गणतन्त्रको मर्म पछ्याएका छौ कि छैनौ ? भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्यौ, सकेनौ ?’

उनले कांग्रेस अब एक्लै चुनाव लड्ने प्रयास गर्नुपर्ने भन्दै कांग्रेसमा रहेको व्यक्तिवादी चरित्र र उग्र महत्वकांक्षा त्याग्नुपर्ने बताए । ‘त्यति भए कांग्रेसलाई कसैले हराउन सक्दैन’, कोइरालाको भनाइ छ ।  

उनले आज युवाहरु किन विदेश पलायन भइरहेका छन् भन्ने बुझ्न जरुरी रहेको भन्दै देशमै लगानी र अध्ययन भनेर अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप