व्यक्तिवादी चरित्र र उग्र महत्वकांक्षा त्याग्नुपर्छ : शेखर कोइराला
कास्की । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रोश पैदा भएको बताएका छन् । मंगलबार कास्कीमा पार्टीको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको मर्म अनुसार नेतृत्व अघि बढ्न नसकेको बताए ।
‘के वास्तवमा गणतन्त्र खराब हो ? होइन, नेतृत्वका कारण गणतन्त्रमाथि आक्रोश बढेको हो’, उनले भने, ‘नेतृत्वले राम्रो काम गर्यो भने यो आक्रोश कम हुन्छ । हामीले गणतन्त्रको मर्म पछ्याएका छौ कि छैनौ ? भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्यौ, सकेनौ ?’
उनले कांग्रेस अब एक्लै चुनाव लड्ने प्रयास गर्नुपर्ने भन्दै कांग्रेसमा रहेको व्यक्तिवादी चरित्र र उग्र महत्वकांक्षा त्याग्नुपर्ने बताए । ‘त्यति भए कांग्रेसलाई कसैले हराउन सक्दैन’, कोइरालाको भनाइ छ ।
उनले आज युवाहरु किन विदेश पलायन भइरहेका छन् भन्ने बुझ्न जरुरी रहेको भन्दै देशमै लगानी र अध्ययन भनेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण