आईपीएल अक्सन : ११ करोड ५० लाखमा बैंग्लोरको रोजाइमा परे वेस्ट इन्डिजका अल्जारी
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ठुलो रकममा खरिद गरेको छ । उनलाई बैंगलोरले ११ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ ताकिएको थियो ।
यसैगरी भारतका उमेश यादवलाई गुजरात टाइटन्सले किनेको छ । उनलाई गुजरातले ५ करोड ८० लाख रुपैयाँमा खरिद गरेको हो । भारतका शिवम माभीलाई भने लखनउ सुपर जाइन्ट्सले किनेको छ । उनलाई लखनउले ६ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई दिल्ली क्यापिटल्सले किनेको छ । उनलाई दिल्लीले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख नै राखिएको थियो । २३ वर्षीय ट्रिस्टन दायाँ हाते ब्याट्सम्यान हुन् । उनी विकेटकिपरको भूमिका निर्वाह गर्न पनि सक्छन् ।
यसैगरी भारतीय खेलाडी केएस भरतलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । ३० वर्षीय विकेटकिपर ब्याट्सम्यान भरतलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै निर्धारण गरिएको थियो ।
यसैगरी भारतका चैतन्य सकरियालाई पनि कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । २५ वर्षीय चैतन्यलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै तोकिएको थियो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनी अलराउन्डर खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण