हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई डेढ वर्ष कैद सजाय

बुटवल । एक कानुन व्यवसायी पुरुषलाई हनी ट्र्याप पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीमा तीन महिलालाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।
जिल्ला न्यायाधीश जगबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीय सीतादेवी थापा १५ हजार रुपैयाँ, ३५ वर्षीय खुमा वली र ३२ वर्षीय सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको छ ।
उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।
तत्कालीन एसपी सुरेन्द्र काफ्लेको नेतृत्वमा प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा मुद्दा चलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख राम बहादुर केसीले अदालतको आदेशसँगै प्रहरीले उनीलाई पक्राउ गर्ने तयारी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर