मिसन ८४ को नारा लिएर दौडिनुभन्दा देशको चिन्ता गर्न महामन्त्री शर्माको सुझाव
पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरू मिसन ८४ को नारा लिएर दौडिनुभन्दा देशको चिन्ता गर्न सुझाएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले एउटा चुनाव नसकिँदै अर्को चुनावी दौडमा लागेर देश विकास नहुने बताए ।
‘एमालेले मिसन ८४ भनेको छ । नयाँ दल पनि ८४ भन्छन् । जिम्मेवार दल र सस्तो राजनीतिमा यही फरक छ,’ उनले भने, ‘७० को चुनाव सकिएपछि मिसन ७४ भन्ने, ७४ पछि मिसन ७९ भन्ने । ७९ को चुनाव सकियो अब मिसन ८४ भनेर देश बन्छ ? बरु ८३ सम्म राम्रो काम गरौँ जनतामा विश्वास जगाऔँ ।’
महामन्त्री शर्माले कांग्रेस चाहिँ चुनावको चिन्ता छोडेर नागरिकका समस्या समाधान गर्न लागि परेको बताए । उनले एउटै व्यक्ति धेरै पटक पदमा जाने समस्या अब हट्नुपर्ने बताए । ‘एकपटक राष्ट्रपति बनोस् दुई पटक नहोस् । प्रधानमन्त्री २ पटक बनोस् तीनपटक नबनोस् । मन्त्री ३ पटकसम्म बनोस्, ४ पटक नबनोस्, सांसद पनि बढीमा ४ पटक बनोस्, ५ पटक नबनोस्,’ उनले भने ।
महामन्त्री शर्माले कांग्रेसमा केही समस्या भएपनि अवस्था नाजुक नभएको बताए । ‘कांग्रेसमा चुनौती होला । तर सबथोक बिग्रेको हैन । पुरानो कांग्रेस बनाउन लागौँ,’ उनी भन्छन्, ‘यो देश राजनीति संकटमा छ ? संकट त सशस्त्र द्वन्द्व हुँदा थियो । संकट पार गरेर आएको दलहरू छन् । धैर्य पूर्वक कांग्रेसले सबैलाई एक ठाउँमा राख्न सक्नुपर्छ । देश वितृष्णा भएको मान्छेबाट बन्दैन । आशा देखाउन सक्नेले नै देश बनाउने हो ।’ नागरिकमा वितृष्णा हुँदै गर्दा पुरानै व्यवस्था ठिक भन्ने तर्कले बिथोलेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण