संघीयता उन्नत व्यवस्था हो, जोगाएर लैजानुपर्छ : महामन्त्री थापा
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कामको गति बढाएर व्यवस्थामाथि प्रश्नगर्नेलाई जवाफ दिनुपर्ने बताए । उनले देशमा केही नभएको भनेर कोलाहल गर्नेहरुलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने बताए ।
‘संघीयता चाहिँदैन, केही भएकै छैन भन्ने कोलाहल छ । अनि कांग्रेस पनि होमा हो मिलाउने?,’ उनले भने,‘२०६२ मा गिरिजा प्रसाद कोइरालाले ल्याएको गणतन्त्र होइन ? २०७२ मा सुशील कोइरालाले बनाएको संविधान होइन ? २०७४ मा शेरबहादुर देउवाले गरेको निर्वाचन होइन ? अनि यसलाई हामीले जोगाउनु पर्ने होइन ?’
महामन्त्री थापाले विभिन्न नाममा ठेकेदारी गर्नेहरु पार्टीमा रहेको भन्दै होसियारी अपनाउनुपर्ने बताए । ‘धर्मको नाममा ठेकेदारी गर्ने होइन । चैतमा संघीयता सकिन्छ भन्ने ? चैतमा वर्ष सकिन्छ, केही हुँदैन,? केन्द्रीय सदस्य शंकर भण्डारीलाई कटाक्ष गर्दै उनले भने, ‘उत्तेजनाको राजनीति जसले गरेपनि हुन्छ, सम्हाल्ने राजनीति कांग्रेसले गर्नुपर्छ । हामीसँग ४८ महिना बाँकी छ । यो अवधि पर्याप्त हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण