मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संघीयता उन्नत व्यवस्था हो, जोगाएर लैजानुपर्छ : महामन्त्री थापा

मङ्गलबार, ०३ पुस २०८०, १८ : ०६
मङ्गलबार, ०३ पुस २०८०

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कामको गति बढाएर व्यवस्थामाथि प्रश्नगर्नेलाई जवाफ दिनुपर्ने बताए । उनले देशमा केही नभएको भनेर कोलाहल गर्नेहरुलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने बताए । 

‘संघीयता चाहिँदैन, केही भएकै छैन भन्ने कोलाहल छ । अनि कांग्रेस पनि होमा हो मिलाउने?,’ उनले भने,‘२०६२ मा गिरिजा प्रसाद कोइरालाले ल्याएको गणतन्त्र होइन ? २०७२ मा सुशील कोइरालाले बनाएको संविधान होइन ? २०७४ मा शेरबहादुर देउवाले गरेको निर्वाचन होइन ? अनि यसलाई हामीले जोगाउनु पर्ने होइन ?’ 

महामन्त्री थापाले विभिन्न नाममा ठेकेदारी गर्नेहरु पार्टीमा रहेको भन्दै होसियारी अपनाउनुपर्ने बताए । ‘धर्मको नाममा ठेकेदारी गर्ने होइन । चैतमा संघीयता सकिन्छ भन्ने ? चैतमा वर्ष सकिन्छ, केही हुँदैन,? केन्द्रीय सदस्य शंकर भण्डारीलाई कटाक्ष गर्दै उनले भने, ‘उत्तेजनाको राजनीति जसले गरेपनि हुन्छ, सम्हाल्ने राजनीति कांग्रेसले गर्नुपर्छ । हामीसँग ४८ महिना बाँकी छ । यो अवधि पर्याप्त हो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप